घर भत्किँदा डोटीमा चार जनाको मृत्यु

घर भत्किँदा डोटीमा चार जनाको मृत्यु

काठमाडौँ । डोटीमा घर भत्किँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । स्थानीय लोगे लुहारको घर सोमबार राति साढे एक बजेतिर भत्किएको हो ।

मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९ महिने कटी विक रहेको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए । ढुंगाले छाएको जीर्ण घर भएकाले भत्किएको उनले बताए ।

घाइते हुनेहरूमा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक छन् । उनीहरूलाई प्रहरी तथा स्थानीयले उद्धार गरी उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पताल उपचार भैईरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार