भाेलि देखि मुसिकोटका केहि क्षेत्रमा सिल गरिने

भाेलि देखि मुसिकोटका केहि क्षेत्रमा सिल गरिने

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा बजार बुधबार देखि भदौ २ गते सम्मको लागि सिल हुने गरिने भएको छ । मुख्म बजार मुसिकाेट खलंगामा एक जना व्यवसायीमा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले उक्त क्षेत्रहरुमा सिल गर्ने निर्णय गरेको हो ।

साउन २८ गते बिहान ४ बजेदेखि भदौ २ गते राती १२ बजेसम्म स्वास्थ्य सेवा कार्यालय सल्ले देखि खलंगा बजार हुँदै शितलपोखरी चोकसम्म र पिपलनेटा देखि शेरीगाउँ हुँदै वडा नं. ६ को कार्यालयसम्मको चार किल्ला सिल गर्ने भएको हो ।

सिल गरिएको क्षेत्रमा सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिडडुलमा समेत पुर्ण रुपमा बन्द रहने छन । पास भएका तथा विरामी बोकेका एम्बुलेन्स आदि जस्ता अति आवश्यक सेवाहरु भने संचालन हुन दिने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिएका छन ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम चार किल्ला उल्लेख गरी पूर्णतया निषेध (क्षेत्र सिल) गर्ने निर्णय भएको प्रशासनले जनाएको छ । सिल गरिएको क्षेत्रमा रहेका सबै होटल तथा पसल, सार्वजनिक तथा निजी यातायातका साथै पैदल यात्रामा समेत रोक लगाइएको छ । अत्यावश्यक कामका लागि पास भएका तथा बिरामी बोकेका एम्बुलेन्स मात्रै सञ्चालन गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार