कोरोना संक्रमितको संख्या बढ्यो, मंगलबार थप ६३८ जनामा स‌ंक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या बढ्यो, मंगलबार थप ६३८ जनामा स‌ंक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन्।

हालसम्म ६९ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ। हाल देशभर ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार