सरकारी रकम दुरुपयोगको आरोप लागेका लेखापाल र लेखा सहायक माथी आक्रमण

सरकारी रकम दुरुपयोगको आरोप लागेका लेखापाल र लेखा सहायक माथी आक्रमण

आक्रमण पछि क्षतिगस्त मोटरसाईकल

मुसिकोट । गाउँपालिकाको बजेट आफन्तको खातामा जम्मा गरेर अनियमितताको आरोप लागेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल र लेखा सहायक माथी आक्रमण भएको छ । केहि दिन अघि देखि गाउँपालिकाको बजेट आफ्नो खातामा हालेपछि बिवादमा आएका लेखापाल हेमन्त प्रकाश केसी र लेखा सहायक सुवास केसी माथी मंगलबार बेलुका ५ बजे स्थानीय युवाले आक्रमण गरेका हुन् ।

गाउँपालिकाको काम सकेर सदरमुकाम मुसिकोट बाट फर्कदै गर्दा त्रिवेणी गाउँपालिकाको वडा नम्बर ४ लामाखेतमा आक्रमण भएको हो । आक्रमण गर्नेहरुमा सोही गाउँपालिकाको वडा नं‍. ५ का रहेको केहि युवाहरु रहेको बताईएको छ । उनीहरु आक्रमण लगत्तै फरार रहेका छन ।

रा १ ब ८२१ नम्बरको सरकारी मोटरसाईकल फर्कदै गरेका लेखापाल र लेखा सहायक माथी उनीहरुले आक्रमण गरेर कुटपिट गरेको बताईएको छ । मोटरसाईकल रोकेर उनीहरुले फलामको रड, मुक्का र लात्तिले कुटपिट गरेका थिए । आक्रमण हुदै गर्दा उनीहरुले मोटरसाईकल छोडेर भागेर ज्यान जोगाएको बताएका छन् । उनीहरुले प्रयोग गरेको मोटरसाईकलमा समेत क्षति पुगेको छ । खबर लगत्तै घटनास्थल प्रहरी नपुग्दै उनीहरु भागेको बताईएको छ । प्रहरीले आक्रमणकारीको खोजि भईरहेको जनाएको छ ।नाताले हेमन्त र सुवास काका भतिजा हुन् ।

आव ०७६ /०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल केसीले सिम्रुतु स्थित लक्ष्मी बैंकमा रहेको आफू सहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेका थिए । उक्त रकम आफन्तको खातामा हाल्ने लेखापाल र उक्त कार्यमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत मिलोमतो भएको भन्दै स्थानीयले कारबाहिको हुनुपर्ने बताउँदै आएका छन् । गाउँपालिकाले भने लेखा सहायक सुवासलाई जागिरबाट निकालिएको छ ।

गाउँपालिकाले छानबिन गर्न थालेपछि लेखापाल केसीले कहि दिन अघि गाउँपालिकाकै खातामा फिर्ता गरेका थिए । उक्त घटनाको जिल्ला प्रशासनले कार्यालय समेत छानबिन गरिरहेको छ  ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार