बुधबार ४८४ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार ४८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ४ सय ८१ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४३२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ७२८ उपचारपछि निको भएका छन्।

हालसम्म ६८.४ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ। हाल देशभर ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार