पत्रकार बानियाँको निधनप्रति काँग्रेस नेता पौडेलद्वारा दुःख व्यक्त

Duduwa Corona

पत्रकार बानियाँको निधनप्रति काँग्रेस नेता पौडेलद्वारा दुःख व्यक्त

काठमाडौँ । कान्तिपुर दैनिकमा कार्यरत तनहुँको भानु नगरपालिका–१३ निवासी पत्रकार बलराम बानियाँको निधनप्रति नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । तीन दिनदेखि बेपत्ता भएका पत्रकार बानियाँको शव बुधबार भेटिएपछि शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दुःख व्यक्त गरेका छन् ।

विगत दुई दशकदेखि राष्ट्रिय दैनिकमा आबद्ध रहेर राजनीतिक, सामाजिक र प्रशासनिक ब्यूरोमा कलम चलाउँदै आएका बानियाँको निधनको खबरले आफू स्तब्ध भएको वरिष्ठ नेता पौडेलले उल्लेख गरेका छन् ।

निष्ठावान्, निडर र हक्की स्वभावका बानियाँको निधनले नेपालको पत्रकारिता जगत्मा एउटा नक्षत्र गुमाएको महसुस भएको पौडेलले उल्लेख गरेका छन्। उनले वक्तव्यमा भनेका छन्, “दुःखको यस घडीमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार