६ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालको इमर्जेन्सी सेवा बन्द

६ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालको इमर्जेन्सी सेवा बन्द

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सीमा कार्यरत ६ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड को अर्डिनेटर डा. सन्तकुमार दासका अनुसार दुई डाक्टर र चार नर्समा संक्रमण पुष्टि भएको हो । संक्रमित चिकित्सकमा लक्षण समेत छ ।

चिकित्सकबाट अरुलाई पनि संक्रमण सरेको हुनसक्ने भएकाले भोलि बिहीबारबाट अस्पतालको आकस्मिक सेवा बन्द गर्ने निर्णय भएको छ । ओपीडी सेवा भने सञ्चालन नै रहनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार