आफ्नै खर्चमा व्यवसायीलाई पिसिआर परीक्षण गर्न सरकारको आग्रह

आफ्नै खर्चमा व्यवसायीलाई पिसिआर परीक्षण गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले होटल, रेष्टुरेन्ट, सपिङ मल र उद्योग व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई अनिवार्य रूपमा आफ्नै खर्चमा पिसिआर परीक्षण गराउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी यस्ता व्यवसायमा संलग्न हुने व्यक्तिको सम्पर्कमा धेरै व्यक्ति आउने र जोखिम हुने अवस्था भएको भन्दै आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्न आग्रह गरेको हो ।

‘नेपालका घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा  काेराेना भाइरसको संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ ।

यस्तै मन्त्रालयले कोरोना संक्रमितको उपचार र सुरक्षामा खटिने कर्मचारीको पनि कोरोनाको पिसिआर परीक्षण गर्न गराउन आग्रह गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार