सवारी पास वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

सवारी पास वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ । बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार