बैंकका कर्मचारीको पीसीआर जाँच र उपचार खर्च बैंकले व्यहोर्ने

बैंकका कर्मचारीको पीसीआर जाँच र उपचार खर्च बैंकले व्यहोर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै व्यहोर्ने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो ।

संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न राष्ट्र बैंकले भनेको छ । कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।

यसरी आइसोलेसन तथा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकको निर्देशन छ । बैंक तथा वित्तीय संस्थाले इलाका बाहिर खटिएका कर्मचारी संस्थामा फर्कदा पीसीआर परिक्षण गराएर रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था गर्नु पर्नेछ ।

क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनु पर्नेछ । राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा दिन भनेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार