‘हाम्रो बा’ पुस्तक विमोचन

‘हाम्रो बा’ पुस्तक विमोचन

काठमाडौँ । नारायण प्रसाद अधिकारीको ८९औं जन्मोत्सवको अवसरमा अधिकारी परिवारका सर्वसम्मानित व्यक्ति ‘बा’ को जीवनमा आधारित सन्तती र शुभचिन्तकहरुको भावनाहरु संग्रहित ‘हाम्रो बा’ पुस्तक विमोचन भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अधिकारी परिवारले उक्त पुस्तक विमोचन गरेका हुन् । ठूला पदमा पुगेका व्यक्तिहरुको चाकडीमा लेखिने भजनभन्दा आफ्नो ‘बा’ का बारेमा लेखिने यथार्थपरक भावहरु अर्थपूर्ण हुने अधिकारी परिवारका सदस्यहरुको भनाई छ ।

कार्यक्रमका संयोजक हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत जनक अधिकारीले आफ्नो ‘बा’ का बारेमा लेखिएको पुस्तक विमोचन गर्न पाउनु सौभाग्य भएको बताए । उनले भने,‘यस्तो महामारीको बेलामा उपस्थितलाई धन्यवाद व्यक्त गर्दै, बुवाप्रति कृतज्ञ छु ।’ उनले बुवाको जन्मोत्सवको अवसरमा शुभकामना दिने सबैमा सम्पूर्ण अधिकारी परिवारकातर्फबाट धन्यवादसमेत व्यक्त गरे ।

उनले उक्त पुस्तकलाई साहित्यिक दृष्टिकोणबाट भन्दा भावनात्मक दृष्टिकोणबाट हेरिदिन आग्रह गरेका छन् । उनले भने,‘आज २०७७ साउन २७ गतेको दिन स–भक्ति शब्द पुष्पको उपहार चढाउन पाएकामा म र हामी सबै सन्तति गौरवान्तित छौं । कुनै नौलो काम गर्दा आमा भईदिएको भए जसतो महसुस हुन्छ । कम्तिमा अहिले बा’ त हुनुहुन्छ । यदि बा पनि अस्ताउनु भयो भने….सोच्दा मात्रपनि मन भारी हुन्छ ।’ पुस्तकमा अधिकारीका आफ्ना आफन्तहरु (६७) जनाले ‘बा’ का बारेमा विगतदेखि वर्तमानसम्म र बा’सितको यात्रालाई पुस्तकमा समावेश गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार