पास नलिई गाडी चलाउनेलाई पर्काउन गृहको निर्देशन

पास नलिई गाडी चलाउनेलाई पर्काउन गृहको निर्देशन

काठमाडौं । देशका विभिन्न ठाउँमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले सवारी आवागमनमा समेत कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई गरेको पत्रचारमा बिना पास आवतजावत गर्न रोक्नका लागि निर्देशन दिइएको छ।

सवारी पास बेगरका सवारी साधन चलेको पाइएमा उक्त सवारी साधनलाई शुरु बिन्दुमै फिर्ता गर्ने, मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई गरेको पत्रमा निर्देशन दिइएको छ। तर काठमाडौं उपत्यकाका तीन जिल्लामा भने एक जिल्लाबाट अर्को जिल्लामा जान पास लिन नपर्ने भनिएको छ।

सवारी पास पाएका सवारी साधनलाई समेत प्रत्यके सुरक्षा चेक प्वाइन्टमा चेक गर्न समेत मन्त्रालयले प्रहरीलाई निर्देशन गरेको छ। यसका साथै पास भएका सवारीको हकमा चेकजाँच गर्ने सुरक्षाकर्मीको नाम पदसमेत खुलाउन निर्देशन दिइएको छ।

कोरोनाका सक्रिय संक्रमित २ सयभन्दा बढी भएका जिल्लामा आवतजावत गर्नका लागि अत्यावश्यक काका लागि यात्रा गर्नैपर्ने भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय गराउनुपर्ने समेत भनिएको छ। यस्ता जिल्लामा एक जिल्लाबाट अर्को जिल्ला जाने पास लिन डिसिसिएमसीको निर्णयबाहेक नगर्न समेत मन्त्रालयले निर्देशन दिएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार