सिन्धुपाल्चोक लिदिमा पहिरो : ३८ जना बेपत्ता, ३७ घर पुरियो

सिन्धुपाल्चोक लिदिमा पहिरो : ३८ जना बेपत्ता, ३७ घर पुरियो

तस्बिर : सभामुखको सचिवालय

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङका अनुसार शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोले ३७ घर पुरिएको र ३८ जना बेपत्ता रहेको बताएकी छिन ।

पहिरोमा परि ८ जना गम्भीर घाइते भएका छन । घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । क्षतिबारे प्रहरीले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ । अहिले उद्धार र खोजीको काम चलिरहेको उपाध्यक्ष तामाङले बताएकी छिन। पहिराे प्रभावित क्षेत्रमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा सहितको टोली पनि पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार