रुपन्देहीमा ११ जनामा कोरोना संक्रमण पुष्टि

रुपन्देहीमा ११ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिकात्मक तस्बिर

काठमाडौँ । रुपन्देहीमा शुक्रबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेशनल प्याथ ल्याब बुटवलमा भएको समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ११ जनाले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

बुटवलका पाँच जनामध्ये बुटवल–११ देवीनगरका ४ जना र वडा नंं. १६ का एक जना रहेका छन् भने सिद्धार्थनगरका ६ जनामध्ये वडा नं. ४ का ४ जना र देवकोटा चोकका २ जना रहेका शाहले बताए ।

योसंगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १७ पुगेको छ । रुपन्देहीमा ७७ जना संक्रमित अस्पतालमा उपचाररत छन् भने ३ सय २८ जना निको भएर घर फर्केका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार