कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण

कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ५ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५७ पुगेको छ ।

सुर्खेतमा रहेको प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट शुक्रबार थप पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका तीन जना, जुम्ला र सल्यानका एक एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यस्तै, आज ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार