जनकपुरमा कठिङ्ग्रेर महिलाको मृत्यु

जनकपुरमा कठिङ्ग्रेर महिलाको मृत्यु

(धनुषा) — जनकपुरमा अत्याधिक चिसोका कारण एक महिलाको मृत्यु भएको छ । चिसोबाट बाच्न बालेको आगोमा पोलेर धनुषामा ८ जना घाइते भएका छन् । आगोले पोलेर घाइते हुनेमा अधिकांस महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगो ताप्ने क्रममा महिलाले लगाएको साडीमा आगो सल्केर महिलाहरु घाइते भएका हुन् । घाइते महिलाहरुको कम्मर मुनिको भाग र हात जलेको छ । जाडोमा न्यानो लुगा नहुँदा आगो ताप्ने क्रममा विपन्न परिवारकी महिला जलेर घाइते भएका हुन् ।

जनकपुर उप–महानगरपालिका–२३ की ४८ कि अनितादेवी कापडको आफ्नै घरमा चिसोको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरमा एक्लै बस्दै आएकी अनिताको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक महिलाको शवको जनकपुर प्रादेशिक अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

जनकपुर उप–महानगरपालिका –१८ की ४० वर्षीयाको आगोमा पोलेर घाइते भएकी छिन् । उनको अवस्था समान्य छ ।

जाडोका कारण धनुषाको गणेशमान चारनाथ, नगराईन, मिथिला नगरपालिका, धनुषा धनुषाधाम, जनकनन्दनी, मिथिला बिहारी र क्षिरेश्वरनाथ नगरपालिकामा ८ जना आगोमा पोलेर घाइते भएको प्रहरीले जनाएको छ । आगो ताप्ने क्रममा गणेशमान चारनाथ नगरपालिका वीरेन्द्र बजार फुलबरियाकी १५ महिना की अंकीताकुमारी ठाकुर टुलमा बसी आगो ताप्ने क्रममा अचानक आगोमा लड्दा अनुहार र घाँटीमा जलेको छ । उनको उपचारको भइरहेको छ ।
नगराईन नगरपालिका –२ राघोपुरका दिलिप महराको ८ वर्षीय छोरा रकि महरा घरको आङ्गनमा घुर ताप्ने क्रममा घुरमा रहेको मोबायलको पुरानो ब्याट्रि पड्किँदा अनुहार पोलेर घाईते भएका छन् । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर भर्ना गराएपनि उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर पठाइएको छ ।

मिथिला नगरपालिका–३ हरिहरपुरकी ४५ वर्षीया जगदम्बा देवि महरा आागनमा घुर ताप्ने क्रममा अचानक साडीमा आगो सल्किँदा आगोले पोलेर घाइते भएकी छिन् ।

धनुषाधाम नगरपालिका–५ उमाप्रेमपुरकी ३० वर्षीया रीना देवी दास घरमा घुर ताप्ने क्रममा साडीमा आगो सल्किन दुबै खुट्टाको तिघ्रा र बाया हातको नाडीको भागमा जलेर घाइते भएकी छिन । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । धनुषाधाम नगरपालिका–३ सिकियाहिकी ३० वर्षीया रेखा देवि मुखियाको घुर ताप्ने क्रममा साडिमा आगो सल्किदा कम्मर भन्दा मुनिको भाग जलेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

जनकनन्दनी गाउपालिका–५ की ३७ वर्षीया आशा देवि मण्डल घुर बालि ताप्ने क्रममा साडीमा आगो लाग्दा कम्मर देखि तलको जलेर घाइते भएकी छिन । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । यस्तै मिथिला बिहारी नगरपालिका–२ पुरणदहाकी ४० वर्षीया गितादेवी मण्डल पनि घुर ताप्ने क्रममा जलेर घाइते भएकी छन । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेका छ ।

क्षिरेश्वरनाथ नगरपालिका–४ सखुवाकी २२ वर्षीया पिंकिदेवी सदा पनि आगो ताप्ने क्रममा साडीमा अचानक आगो सल्किँदा जलेर घाइते भएकी छिन् । कान्तिपुर दैनिक

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार