बागलुङमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

बागलुङमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौ‌ं । बर्षासँगै आएको पहिरोमा पुरिएर बागलुङको निसीखोलामा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति गएको पहिरोमा पुरिएर निसीखोला गाउँपालिका-५ मा दुई बालकको ज्यान गएको हो।

पहिरोमा पुरिएर स्थानीय हिराबहादुर विकका १३ वर्षका छोरा वीरेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको छ भने ५३ वर्षीया श्रीमती दिलसरा विक घाईते भएको निसीखोला गाउँपालिका-५ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिए। पहिरोमा परेर घाईते भएकी दिलसरालाई उपचारका लागि बोहोरागाउँ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार