वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान हुने आर्थिक सहायता बन्द

वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान हुने आर्थिक सहायता बन्द

काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गर्दै आएको आर्थिक सहायता भदौ १५ गतेसम्म बन्द रहने भएको छ। कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि बोर्डले साउन ३२ गतेदेखि भदौ १५ सम्म आर्थिक सहायता सेवा बन्द गर्ने भएको हो।

आर्थिक सहायताका लागि स्थानीय तहमार्फत् समेत निवेदन दिन सकिने भएकाले सम्बन्धित तहबाट निवेदन दिन सेवाग्राहीलाई बोर्डले आग्रह गरेको छ। बोर्डले शव ढुवानी सेवा भने निरन्तर गर्नेछ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको त्रिभुवन विमान स्थलदेखि घरठेगानासम्म शव ढुवानीका लागि बोर्डको वेबसाइट www.fepb.gov.np मा राखिएको निवेदन ढाँचामा [email protected]  मा इमेल गरी निवेदन दिन सकिनेछ।

बोर्डले अत्यावश्यक जानकारी आवश्यक परेमा सूचना अधिकारी उपसचिव दीनवन्धु सुवेदी (९८५१२३१७१९), उपसचिव मैयाँ कडेल (९८५११८५१८६), नायब सुब्बा आशिष कुमार भण्डारी (९८५१२२३४१९) मा सम्पर्क गर्न सकिने र कलसेन्टर ११४१ मा फोन गरेर जानकारी लिन सकिने बोर्डले जनाएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार