वीरगंजमा थप ३४ जनाले जिते कोरोना

वीरगंजमा थप ३४ जनाले जिते कोरोना

काठमाडौँ । वीरगंजका दुई वटा कोरोना अस्पतालबाट शनिवार थप ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। उनीरुमा दुई पटकको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएको नारायणी अस्पतालले जनाएको छ।

डिस्चार्ज हुनेमा वीरगंज हेल्थकेयर अस्पतालबाट ५ महिलासहित २९ जना र गण्डक अस्पतालबाट ५ जना पुरुष गरी कुल ३४ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा ८ वर्षदेखि ६५ वर्षसम्मका रहेका छन्। अधिकांश संक्रमित वीरगंज महानगरको विभिन्न वडाका रहेका छन्।

कोरोनालाई जितेर घर फर्किनेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया, वीरगंज कारागारका जेलर श्रवण पोखरेल, वीरगंज(४ विर्ताका वडा अध्यक्ष जगत साह कानुलगायत रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार