कोरोनाविरुद्ध खोपको पहिलो खोप तयार भएको रुसको दाबी

कोरोनाविरुद्ध खोपको पहिलो खोप तयार भएको रुसको दाबी

रुसी स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकमा निर्मित कोरोनाविरुद्धको खोपको पहिलो खेप तयार भएको जनाएको छ। यो खोप यसै महिनाको अन्त्यसम्म बजारमा जाने रुसी अधिकारीहरुले जनाएका छन्।

यद्यपि खोपलाई भर्खरै तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ। यस चरणमा हजारौं मानिसमा परीक्षण गरिन्छ र खोप उत्पादनका लागि यो चरण महत्वपूर्ण मानिन्छ।

रुसले खोपलाई ‘स्पुतनिक ५’ नाम दिइएको छ। रुसी राष्ट्रपति भ्लालिमिर पुटिनले यो खोप सुरक्षित रहेको दाबी  गरेका छन्। उनले खोप आफ्नी छोरीलाई दिइएको र खोप लगाएपछि सञ्चो भएको बताएका छन्।

रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार यो खोप  विकास गर्ने गामेलिया इन्सिच्युटले आगामी डिसेम्बर–जनवरीसम्म प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने दाबी गरेको छ। यद्यपि रुसले गरेको खोपको तीव्र विकासप्रति अन्य मुलुकले आशंका व्यक्त गरेका छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार