गोरखामा भदौ ७ गतेसम्म निषेधाज्ञा

गोरखामा भदौ ७ गतेसम्म निषेधाज्ञा

काठमाडौँ । गोरखामा एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबारदेखि लागु हुने गरी भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

समुदाय स्तरमा कोरोना संक्रमित भेटिन थालेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । निषेधाज्ञा अवधिभरी जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाइने छ । अत्यावश्यक प्रयोजनमा प्रयोग भएका बाहेक अन्य निजी सवारी पनि चल्न नपाउने उनले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार