आजबाट कम्पनी रजिस्ट्रारको काम अनलाइनबाटै

आजबाट कम्पनी रजिस्ट्रारको काम अनलाइनबाटै

काठमाण्डौ । आजदेखि कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने सेवा अनलाइनबाट हुने भएको छ । अब कम्पनी रजिष्ट्रार कार्यालयमा भीडभाड कम हुने भएको छ। कार्यालयले नयाँ कम्पनी दर्ता गराउन सहज होस् भनि दर्ता प्रक्रिया डिजिटल प्रणालीबाट गर्ने बताएको छ ।अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक सुरु भएको कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदीप राज अधिकारीले जानकारी दिए ।

कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले अनलाइनमार्फत पेस गरिएका कागजातलाई नै आधिकारिक मानेर काम गरिने हुँदा प्रस्तावित प्रबन्धपत्र र नियमावलीको दुई प्रति बाहेक अन्य कागजी विवरण आवश्यक नपर्ने उल्लेख गरिएको छ ।

डिजिटल प्रविधिबाट कम्पनी दर्ता सुरु गरेसँगै दुई मिनेटको समयमा अटोमेटिक प्रविधिबाट कम्पनी दर्ता हुन्छ । त्यसैले गर्दा डिजिटल हस्ताक्षर समेत प्रचलनमा ल्याउने तयारीसहित कार्यालय अघि बढेको उनको भनाइ छ । रजिष्ट्रार अधिकारीले व्यवसायिक सुशासनको लागि समेत कार्यालयमा डिजिटल प्रविधि आवश्यक रहेको बताए । कागजी फाइलका कारण विभिन्न समस्या देखापरेको हुँदा प्रविधिमैत्री कार्यालय बनाउनको लागि अघि सरेका हौं, उनले भने, तर व्यवसायिक सुशासन नचाहने तत्वले कार्यालयलाई प्रविधि मैत्री हुनुबाट रोक्ने प्रयास समेत गरेका छन् । उनले त्यस्ता तत्वहरुको बारेमा को के लागेको भन्ने बारेमा भने कुनै जानकारी दिन चाहेनन् ।

यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल नबनाउने र अर्को पटक काम गर्दा अनलाइनबाट नै पेस गरिएका विवरण र विद्युतीय अभिलेखलाई आधार मानिने रजिष्ट्रार अधिकारीले बताए । यस्तै सबै खाले नयाँ पुराना कम्पनीले अब कम्पनी ऐन २०६३ अनुसार कार्यालयमा बुझाउनु पर्ने वार्षिक विवरण, लेखापरीक्षण प्रतिवेदन लगायतका सबै विवरण अनलाइनबाट मात्रै बुझाउनु पर्ने छ ।

२० हजार कम्पनी दर्ता गर्ने लक्ष्य
यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले चालू आर्थिक वर्ष २०७७/०७८ का २० हजार नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य लिएको छ । हालसम्म करिब २ लाख ५० हजार वटा कम्पनीहरु दर्ता भईसकेको अवस्थामा थप २० हजार नयाँ कम्पनी दर्ता गर्ने लक्ष्य राखेको रजिष्ट्रार अधिकारीले बताए । ‘हालसम्म प्राइभेट कम्पनी, पब्लिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी गरी २ लाख ५० हजारभन्दा बढी कम्पनी कार्यालयमा दर्ता भएका छन्’, उनले भने, ‘यी तीनवटै कम्पनी गरेर हामीले आफनो लक्ष्य पुरा गर्न सक्छौं । मुलुकमा लगानीमैत्री वातावरण बनेको र कम्पनी स्थापना गर्ने लय समेतमा वृद्धि भएको हुदाँ सो संख्यामा नयाँ कम्पनी आउने कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार