सोमबार ५८१ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार ५८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ५८१ जना नयाँ संक्रमित थपिएका हुन्। आज थपिएका संक्रमणहरु सहित हालसम्म नेपालमा संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार