एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

NEB

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेकाे छ । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । बोर्ड बैठक सकिएपछि (आज) सोमबार साँझ वा मंगलबार नतिजा प्रकाशित गर्ने सम्भावना छ ।

स्रोतका अनुसार रुजुको काम सकिएको छ । साउन २० गते नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न सकेको थिएन ।

सरकारले नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्न लागेको हो । कोरोना भाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयले गरेको मूल्याङ्कनको आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो । यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार