खाद्य संकट टार्न श्रममा आधारित खाद्यन्न कार्यक्रम

खाद्य संकट टार्न श्रममा आधारित खाद्यन्न कार्यक्रम

सल्यान । सल्यानको दार्मा गाउँपालिकाले खाद्य संकट हुन नदिन श्रममा आधारित खाद्यन्न कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले काम गर्ने श्रमिकलाई काम संगै  खाद्यन्न वितरण गरेको हो ।

गाउँपालिकाले पहिलो चरणमा काम सम्पन्न गरिसकेका १ सय ६५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । दोस्रो चरणमा १ सय १ जना विपन्न परिवारबाट काममा लागिरहेका छन ।

सरकारी सुविधा नपाएका अतिविपन्न परिवारका काम गर्न जनशक्ति भएका परिवारका उनिहरूलाइ गाउँसरकारको मापदन्ड अनुसार विभिन्न सडक २ दिन ढुंगा भर्ने र ३ दिन जाली भर्ने काम दिइएको गाउँपालिका अध्यक्ष नीम बहादुर केसीले जानकारी दिएका छन ।

वडा कार्यालयले सिफारिस गरिएका व्यक्तिलाइ श्रममा गरे वाफत प्रति परिवार ५० केजी चामल, २ केजी दाल र १ केजी नुन प्रदान गरिएको हो । यस अघि गाउँपालिकाले २ सय १३ जनालाई निःशुल्क खाद्यान्न वितरण गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार