कोरोना संक्रमणमुक्त नर्सलाई फेरि संक्रमण

कोरोना संक्रमणमुक्त नर्सलाई फेरि संक्रमण

काठमाडौँ । जेठ महिनामा कोरोना संक्रमणमुक्त भएकी कपिलवस्तुकी नर्सलाई फेरि संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल तौलिहवामा कार्यरत एक नर्सलाई गत जेठ महिनामा कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालमा उपचारपछि उनी संक्रमणमुक्त भएकी थिइन्।

जेठ महिनामा पनि उनलाई कोरोनाको कुनै लक्षण नदेखिएकोमा अहिले संक्रमण दोहोरिँदा पनि लक्षण नभएको अस्पतालले जनाएको छ। नेपालमा यसअघि पनि संक्रमणमुक्त भएका व्यक्तिलाई संक्रमण दोहोरिएको थियो।

यसै साता जिल्ला अस्पताल कपिलवस्तुका ३ जना चिकित्सकसहित १८ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना तिनै नर्स रहेको अस्पतालले जनाएको छ । यस्तै कोरोना संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा साउन २७ गतेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार