बाँकेमा एक कारोना संक्रमितको मृत्यु

बाँकेमा एक कारोना संक्रमितको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्जमा कोरोनाबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ। सोमबार राति ११ः३० बजे नेपालगन्ज मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार, साउन ३० गतेदेखि उनमा कोरोनाको लक्षण देखिएको थियो। ३२ गते नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका थिए। त्यही दिन अस्पतालले स्वाव लिएर परीक्षण गर्न पठाएको थियो।

भदौ १ गते दिउँसो कोरोना पोजिटिभको रिपोर्ट आएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार