परराष्ट्रका ३ सहसचिव राजदूतमा सिफारिस

परराष्ट्रका ३ सहसचिव राजदूतमा सिफारिस

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका तीन सह-सचिवलाई राजदूतमा सिफारिस गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा परराष्ट्र मन्त्रालयमा कार्यरत सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई सिफारिस गर्ने निर्णय गरेको हो।

उनीहरू कुन कुन देशका लागि राजदूत सिफारिस भएका हुन् भन्ने खुलाइएको छैन। परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गर्न सकिने व्यवस्था छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार