सभामुखबारे छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

सभामुखबारे छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौँ – रिक्त रहेको सभामुख पदका सम्बन्धमा नेकपाका दुई नेताबिच अन्तिम चरणको छलफल सुरु भएको छ ।

सभामखका सम्बन्धमा निणर्य हुन नसक्दा दुईपटकसम्म संसद बैठक स्थगित भएको र बुधबारका लागि बोलाइएको बैठकको परिवेशमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच सहमति जुटाउने प्रयास स्वरुप छलफल सुरु भएको हो ।

छलफलका लागि प्रचण्ड प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न बालुवाटार गएका छन् । बालुवाटारमा ओली र प्रचण्डबिच सभामुखबारे छलफल भइरहेको जनाइएको छ ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोग लागेर कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख बिहीन छ ।

नेकपामा भावी सभामुख कसलाई बनाउने भन्ने बारे अझै कुरा मिल्न नसक्दा संसद बन्धक बनेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार