म्युजिक भिडिओमा नेपालको झण्डा जलाउने एक पक्राउ

म्युजिक भिडिओमा नेपालको झण्डा जलाउने एक पक्राउ

काठमाडौँ । नेपालको झण्डा जलाएको म्युजिक भिडिओ बनाउने (क्यामेराम्यानु) पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उनी भिडिओका (क्यामेराम्यान) हुन्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।

सोमबार एक युट्युव च्यानल मार्फत ुदेशद्रोहीु नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ।

झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका(३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।

महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार