कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौँ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अन्तरगतका दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिममा त्रिबेणि गोउँपालिका-१० का २२ वर्षीय युवक, दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-८ की ५३ वर्षीय महिला, ६ का २५ वर्षीय पुरुष, ९ का २० र ५० वर्षीय पुरुष र महाबु गाउँपालिका २ की ६० वर्षीय महिलामा संक्रमण देखिएको हो ।

यससँगै कर्णालीमा संक्रमितको संख्या २०८७ जना पुगेको छ। आजै कर्णाली प्रदेशभर थप ४ जना डिस्चार्ज भएका छन् । यससँग डिस्चार्ज हुनेको संख्या १९३२ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार