आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई अण्डा र मासु

आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई अण्डा र मासु

काठमाडौँ । कोरोना भाइरसको संक्रमण भएर आइसोलेसनमा बसेका संक्रमितलाई अण्डा र मासु उपलब्ध गराउने भएको छ । मकवानपुर कुखुरा व्यवसायी संघले हेटौंडा–६, गौरीटार आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई एक महिनासम्म प्रतिव्यक्ति प्रतिदिन दुईवटा अण्डा र हप्तामा दुई पटक कुखुराको मासु सहयोग स्वरुप उपलब्ध गराउने भएको हो ।

मंगलबार कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारी, उपाध्यक्ष प्रतिमा श्रेष्ठ, गोकुलनाथ पौडेलले आइसोलेसनमा पुगेर हेटौंडा–६ का वडाअध्यक्ष अर्जुन चौलागाईं तथा हेटौंडा अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रकाश पौडेललाई अण्डा र मासु उपलब्ध गराएका छन् ।

संघले एक महिनाका लागि करिब एकलाख ५५ हजार रुपैयाँ बराबरको अण्डा र मासु उपलब्ध गराएको र अण्डा र मासु आइसोलेसनसम्म ढुवानी गर्ने व्यवस्था मिलाएको अध्यक्ष राजु अधिकारीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार