विप्लव समूहकी नेत्री उमा भुजेल पक्राउ

विप्लव समूहकी नेत्री उमा भुजेल पक्राउ

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीकी पोलिटब्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् । ४१ वर्षीया भुजेलसहित अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले उनीहरुविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाएको छ । भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरीले आरोप लगाएकाे छ ।

यसअघि पनि भुजेललाई विभिन्न ठाउँबाट पक्राउ गरेर प्रहरीले अड्डासार गर्ने गरेको थियो । सुनसरी जिल्ला अदालतबाट उनीहरू मंगलबार मात्र रिहा भएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार