सीतापाइलामा युवतीलाई एसिड आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जेल चलान

सीतापाइलामा युवतीलाई एसिड आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जेल चलान

एसिड प्रहार गर्ने आरोपी मोहम्मद आलम र मुन्ना मोहम्मद ।

काठमाडौँ । गत साउन ८ गते काठमाडौँको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंले बिहीबार उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो। ओखलढुंगा घर भई हाल सीतापाइलामा बस्दै आएकी पवित्रा कार्कीमाथि रौतहट लक्ष्मीपुर घर भई काठमाडौंस्थित डल्लु बस्दै आएका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदले एसिड प्रहार गरेका थिए।

उक्त मुद्दामा बिहीबार सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहले पीडितलाई २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउन आदेश दिएका छन्। त्यसका लागि राहत कोषबाट रकम उपलब्ध गराउन भनिएको छ। पीडितको उपचारका लागि क्षतिपूर्ति तथा राहतकोषबाट २ लाख रुपैयाँ राहत तत्काल उपलब्ध गराउने फैसला भएको अधिवक्ता राधिका खतिवडाले बताइन्।

फौजदारी संहितामा एसिड आक्रमण गर्नेमाथि ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ देखि ५ लाख रुपैयाँसम्म दण्ड गर्ने व्यवस्था छ। पीडितको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भैरहेको छ।

बिहीबार भएको थुनछेक बहसमा पीडित युवतीको तर्फबाट एक सय जना कानुन व्यवसायीले वकालतनामा पेश गरेका थिए। तीमध्ये सरकारी वकिल चपला पोखरेल र अधिवक्ता खतिवडा सहित १० जनाले पीडितको पक्षबाट बहस गरेका थिए। उक्त मुद्दामा फैसलाका लागि सुनुवाइ हुन बाँकी छ। साेहि दिन उनीहरूलाई प्रहरीले सिसिटीभीको फुटेजमार्फत् पक्राउ गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार