प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ११ कर्मचारीलाई कोरोना पुष्टि

Duduwa Corona

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका ११ कर्मचारीलाई कोरोना पुष्टि

काठमाडौँ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका थप ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्ट अनुसार मन्त्रालयका ३५ वर्षीया एक महिला र २७ देखि ३८ वर्षका १० जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

संक्रमितमध्ये मन्त्रालयका लेखा अधिकृतसहित लेखा फाँटका ३ जना कर्मचारी छन् । अन्य कर्मचारी विभिन्न पदमा कार्यरत रहेको मन्त्रालय श्रोतले जनाएको छ । यसअघि पनि यो मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार