प्युठानमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

प्युठानमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

काठमाडौँ । प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ। जिल्लामा झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए।

घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार