चितवनमा २ नर्ससहित थप २६ जनालाई कोरोना संक्रमण

चितवनमा २ नर्ससहित थप २६ जनालाई कोरोना संक्रमण

काठमाडौँ । चितवनमा स्टाफ नर्ससहित थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन्। उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन्। ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरू हुन्।

उनीहरू ९ वर्ष देखि ६७ वर्ष सम्मका छन्। क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमंण देखिएको बताए।

भरतपुर अस्पतालबाट स्वाब दिएकाहरू लक्षणसहित परीक्षणका लागि आएकाहरू रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए। राप्ती नगरपालिकाको वडा नम्बर २ र ८ मा क्वारेन्टिनमा बस्दै आएका तीन जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले बताइन्।

यस्तै नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक÷एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। अहिले सम्म चितवनमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ। उनीहरू मध्ये ११३ जना निको भइसकेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार