सशस्त्र प्रहरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

सशस्त्र प्रहरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

शुक्रबार काठमाडौंमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा काठमाडौं बालुवाटार र राजविराजका गरी दुई कोरोना संक्रमितको मृत्यु भएको हो।

बालुवाटारका ७६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालका प्रहरी उपरिक्षक डा. प्रवीण नेपालले बताए। अस्पतालमा भर्ना भएको एक घण्टामै उनको मृत्यु भएको थियो। कोरोना पोजेटिभ देखिएपनि उनी ६ दिनदेखि होम आइसोलेसनमा रहको उनका आफन्तलाई उद्दत गर्दै अस्पतालले जनाएको छ।

यस्तै, राजविराजका ७७ वर्षीय एक पुरुषको पनि उपचारको क्रममा शुक्रबार बिहान करिब १० बजे मृत्यु भएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको थियो।

उनी उपचारका लागि साउन ३० गते काठमाडौं आएका थिए। सुरुमा ग्राण्डी अस्पताल गएपनि उनलाई ग्रिन सिटी अस्पताल पठाइएको थियो। उनको ३२ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार