उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि

उपत्यकामा थप १८२ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

हाल देशभर १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा ८ हजार ५४६ छ। होम आइसोलेसनमा रहनेको संख्या भने ३५८६ रहेको मन्त्रालयले जानकारी दिएको छ।

२४ घण्टायता २५० जना संक्रमित निको भएर घर फर्किएका छन् भने निको हुनेको संख्या १८ हजार २ सय १४ जना पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार