आज गणेश चतुर्थी पर्व मनाइँदै

आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाण्डौ । आज गणेश चतुर्थी पर्व मनाइँदै छ । हरेक वर्ष भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको पूजा गरी यो पर्व मनाउने गरिन्छ । सत्ययुगमा भाद्रशुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

आज काठमाण्डौका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यो वर्ष काठमाण्डौमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण भक्तजनले पूजा गर्न सक्ने अवस्था छैन ।

यस्तै आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । भाद्रशुक्ल तृतीयाका दिन सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार