चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक पोथी गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी चार पाँच बर्षको पोथी गैँडा किङफिसर घाँट भन्ने ठाँउमा मृत अबस्थामा भेटिएको हो ।

चालू आर्थिक बर्षमा गैँडा मृत भेटिएको यो दोस्रो घटना हो । निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृत भेटेको थियो । गैँडा घोलमा भाँसिएर मरेको हुनसक्ने निकुञ्जले जनाएको छ । थप अनुसन्धान भैरहेको निकुञ्जको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार