नुहाउन गएका तीन बालिका बेपत्ता

नुहाउन गएका तीन बालिका बेपत्ता

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकास्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन् । गढीमाई धर्मपुरका १० वर्षीया पिंकुकुमारी मुखिया, १२ वर्षीया सुसिता कुमारी दास र १० वर्षीया चन्चल कुमारी मुखिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले बताएको छ ।

डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । उनीहरुको व्यापक खोजी भएपनि अहिलेसम्म फेला परेका छैनन् । नदीमा पानीको बहाब धेरै भएकाले उनीहरुलाई बगाएको हुन सक्‍ने प्रहरीले शंका गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार