डोल्पामा जङ्गली च्याउ खाँदा चार जना बिरामी

डोल्पामा जङ्गली च्याउ खाँदा चार जना बिरामी

काठमाडौँ । डोल्पामा जङ्गली च्याउ खाँदा एउटै घरमा चार जना बिरामी परेका छन । जिल्लाको ठूलीभेरी नगरपालिकामा जङ्गली च्याउ खाँदा चारै जना बिरामी परेका हुन ।

ठूलीभेरी नगरपालिका-७ का ३३ वर्षीय उत्तमबहादुर शाही, ३१ वर्षीय सूर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षीय कमलबहादुर शाही र वर्ष ४४ का सत्यबहादुर शाही बिरामी परेको ठ्रलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताएका छन ।

उपचारका लागि तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल पठाइसकेको र अर्का एक जनालाई आफैले भेरी अञ्चल अस्पताल नेपालगञ्ज लैजान लागिएको नगरपालिकाका प्रमुख शाहीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार