एक हप्ता पुग्यो अझै फेला परेनन् पूजारी श्रीरामको हत्यारा

एक हप्ता पुग्यो अझै फेला परेनन् पूजारी श्रीरामको हत्यारा

काठमाडौँ । भदौ ३ गते राती सवा ९ बजे रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका एक पूजारीको हत्या भएको एक हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । मन्दिरमा राति खाना खान बसेका बेला ६२ वर्षीय पूजारी श्रीराम साहलाई अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर हत्या गरेको थियो ।

अहिले पुजारी हत्याकाण्डको विषयमा छानबिन गर्न प्रदेश २ को प्रहरी टोलीसमेत खटिएको छ । तर पनि प्रहरीले अनुसन्धानलाई अझै निष्कर्षमा पु¥याउन सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जनाकारी दिएका छन ।

प्रदेश २ प्रहरी कार्यालयका तर्फबाट अनुसन्धानका लागि रौतहट आएका एसएसपी यज्ञ विनोद पोखरेलले घटनाको विविध पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । ‘हत्या गरिएका पुजारी शान्त स्वभावका थिए,’ एसएसपी पोखरेलले भने, ‘अनुसन्धान जारी रहेको छ । केही ढिलो भए पनि हत्याको रहस्य अवश्य खुल्नेछ ।’

आफ्नै खर्चले हनुमान मन्दिर स्थापना गरेर पूजापाठ गर्दै आएका साहको हत्यापछि विश्व हिन्दु परिषद लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरुले घटना छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार