जाजरकाेटमा डाक्टरलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द

जाजरकाेटमा डाक्टरलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द

काठमाडौँ । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पतालको आकस्मिक बाहेकका सेवा (ओपीडी) बन्द गरिएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.सुनिल पुनले बताए ।

‘अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्ने सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चिकित्सकसहित पाँचजनामा संक्रमण देखिएको छ,’ डा.पुनले भने, ‘कतिपएको रिर्पोट आउँन अझै बाँकी नै छ । तेतिन्जेल आकस्मिक बाहेकका सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरेका छौं ।’

यस्तै अस्पतालका अनुसार डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ । चार दिनअघि मात्रै राष्ट्रिय बाणिज्य बैंक, नेपाल प्रहरी, नेपाली सेना र भेरी नगरपालिकाका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार