चिकित्सकलाई कोरोना देखिएपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सेवा बन्द

चिकित्सकलाई कोरोना देखिएपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सेवा बन्द

काठमाडौँ । अस्पतालमा कार्यरत् चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सेवा २४ घन्टाका लागि बन्द गरिएको छ।

अस्पतालमा कार्यरत् तीन जना चिकित्सकलाई कोरोना पुष्टि भएपछि अस्पतालले यस्तो निर्णय गरेको हो। अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा भर्ना भएका बिरामीको उपचारबाहेकका अरु सेवा हाललाई बन्द गरिएको जानकारी दिए।

अस्पतालको क्याथल्याब, सिटिस्क्यान, मिर्गौलाको डायलासिस, इमर्जेन्सी, ओपिडि र बिरामीहरूको भर्ना लगायतका सेवाहरू २४ घण्टाको लागि बन्द गरिएको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार