गर्भवती महिला कुटने युवक पक्राउ

गर्भवती महिला कुटने युवक पक्राउ

बाँके । प्रहरीले बर्दियामा गर्भवती महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको राजपुर नगरपालिका-७ शंकरपुर निवासी चार महिनाकी गर्भवती २५ वर्षीया अनिता ठाकुरलाई कुटपिट गरेको आरोपमा स्थानीय १९ वर्षीय सुरज परियार पक्राउ गरेको हो ।

बिहीबार बेलुका ५ बजेतिर आफूलाई गालीगलौज गरेको भन्दै गर्भवतीलाई कुटपिट गरी घाइते बनाएका छन्। पीडितका आफन्तले बिहीबार बेलुका ९ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी दिएपछि प्रहरी नायब निरीक्षक प्रकाश भट्टको कमाण्डमा खटिएको प्रहरीले परियारलाई नियन्त्रणमा लिएको ५ नं प्रदेश प्रहरी प्रवक्ता एसएसपी बैदवारले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार