सासंद विनोद चौधरीलाई कोरोना संक्रमण

सासंद विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं। सांसद तथा उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान उनको कोरोना पोजिटिभ नतिजा आएको हो। चौधरीले ट्विटमार्फत् कोरोना संक्रमण भएको बताएका छन ।

उनले आफूलाई कुनै लक्षण भने नदेखिएको उल्लेख गरेका छन्। उनले आफू चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको पनि बताएका छन्।

त्यस्तै चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् । नेपाली कांग्रेसका सांसद चौधरी फोर्ब्सको सूचीमा परेका एक मात्र नेपालका अरबपति व्यवसायी हुन् ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार