सीमा क्षेत्रमा खटिएका ४७ सशस्त्र प्रहरीलाई कोरोना पुष्टि

सीमा क्षेत्रमा खटिएका ४७ सशस्त्र प्रहरीलाई कोरोना पुष्टि

काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको जिम्मेवारी परिवर्तन गर्ने बेला परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा, बारा र रौतहटको नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ । महामारीका बेला सुरक्षा निकायमा कर्मचारीको सरुवा भएपछि रवाना हुनुअघि कोरोना संक्रमण परीक्षण हुँदै आएको छ । त्यही क्रममा सरुवा भएका सशस्त्र प्रहरी कर्मचारीमा संक्रमणको जाँच गरिएको थियो ।

योसँगै हालसम्म देशभर ५ सय २ सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार