त्रिविको वार्षिक परीक्षा मङ्सिर दोस्रो साता पछि

त्रिविको वार्षिक परीक्षा मङ्सिर दोस्रो साता पछि

काठमाडौँ । कोरोना भाइरसका कारण पटक पटक स्थगित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ । चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने नियन्त्रक जोशीले बताए ।

यसअघि लकडाउन खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार